युरोकप : यमालको नाममा बने यी ३ कीर्तिमान
हेटौँडा। चौथो पटक युरो कप जित्दै कीर्तिमान बनाएको स्पेनले यो खेलमा अनेकौँ रेकर्डहरू कायम गरेको छ ।
पाँच पटक फाइनलमा पुगेर चार पटक युरोकप जित्ने स्पेन युरोपको पहिलो देश बन्दा यो पटक उसका लागि खेलिरहेका लामिन यमालले तीनवटा कीर्तिमान बनाएका छन् ।
१. यमालले विश्वको प्रतिष्ठित प्रतियोगिताको फाइनल खेल्दै उपाधि जित्ने विश्वको सबैभन्दा कान्छो खेलाडी बने ।
१७ वर्षमा फाइनल जितेका यामालले यो उमेरमा विश्व चर्चित ब्राजिलियन खेलाडी पेलेको रेकर्ड तोडेका हुन् । पेलेले १९५८ को विश्वकप फाइनल १७ वर्ष २४९ दिन हुँदा खेलेका थिए ।
२. यमाल युरोकप खेल्ने सबैभन्दा कान्छो खेलाडी पनि बनेका छ्न ।
उनी समूह चरणको पहिलो खेलमा क्रोएसियाविरुद्ध खेल्दा युरोकप खेल्ने सबैभन्दा कान्छो खेलाडीको रूपमा आफ्नो नाम दर्ज गर्न सफल बने ।
उनले क्रोएसिया विरुद्ध १६ वर्ष ३३८ दिनको उमेरमा युरो कपमा डेब्यु गरेका थिए ।
३. यमालले युरो २०२४ मा सबैभन्दा कान्छो उमेरमा गोल गर्ने रेकर्ड पनि आफ्नो नामामा बनाए ।
उनले फ्रान्स विरुद्धको सेमिफाइनलमा गोल गर्दै १६ वर्ष २६२ दिनमा यो रेकर्ड कायम गरे ।