मन्त्री दाहालले सम्हाले कार्यभार, राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद लैजाने पहिलो निर्णय
नेपाल प्रेस
२०८१ असार ३१ गते १४:५८
काठमाडौं । नवनियुक्त मन्त्री देवेन्द्र दाहालले पदभार सम्हालेका छन् । उनले मन्त्रीको शपथ लिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन् ।
उनले भदभार सम्हाल्दै मन्त्रालयमा पहिलो राष्ट्रिय यातायात नीति मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेका छन् । एमालेबाट सरकारमा सहभागी उनको मन्त्रालयमा पहिलो यात्रा हो । एमाले–कांग्रेसको गठबन्धनको सरकार बनेसँगै २२ जना मन्त्रीसहित सरकारले पूर्णता पाएको छ ।
दाहाल राष्ट्रिय सभा सदस्य हुन् ।
प्रतिक्रिया