‘हुन्डाई फेस्टीभ डिलाईट २०८०’ अफरको विजेता घोषणा – Nepal Press

‘हुन्डाई फेस्टीभ डिलाईट २०८०’ अफरको विजेता घोषणा

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टीभ डिलाईट २०८०” अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई Exter जित्ने मौका थियो ।

‘हुन्डाई फेस्टीभ डिलाईट २०८०’ अफरको विजेताको घोषणा हुन्डाई नेपालको फेसबुकमा लक्की ड्र मार्फत २०८१ असार ३१ गते ११ बजे गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल थिइन् ।

‘हुन्डाई फेस्टीभ डिलाईट २०८०’ अफर अनुरुप बम्पर लक्की ड्र अन्तर्गत, सुनसरीका ईन्द्र प्रसाद गुँरागाइ, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रा लि, हुन्डाई बिर्तामोडका ग्राहकले हुन्डाई Exter जितेका छन् ।

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र ‘हुन्डाई फेस्टीभ डिलाईट २०८०’ योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर