कुशम र एसिडिएनबीच नेपालमा विज्ञता विकास गर्नेसम्बन्धि समझदारी
काठमाडौं । काठमाडौं विश्व विद्यालय (कुशम) र नीजि क्षेत्रका संस्थाको क्षमता विकास गर्ने संस्था (एसिडिएन) बीच नेपालमा विज्ञता विकास, अनुसन्धान तथा परामर्श क्षेत्रमा सहकार्य गर्ने साझेदारी भएको छ।
यस साझेदारी अन्तर्गत दुइ संस्थाबीचमा नेपालका बैंक तथा वित्तिय संस्था लगायत अन्य क्षेत्रहरुमा उच्च प्रभाव पार्ने तालिम तथा सर्टिफिकेशन कार्यक्रमहरु संचालन गर्नुका साथै विभिन्न अनुसन्धान तथा परामर्श सेवाहरु संयुक्त रुपमा प्रदान गर्ने सहमति भएको छ ।
यसै सन्दर्भमा कुशमका डिन प्रोफेसर डा।विजय के.सी.ले एसिडिएनसंग भएको साझेदारी कुशमको व्यवस्थापन शिक्षा तथा विज्ञता विकाश गर्ने उद्येश्यले भएको बताए । यस साझेदारीद्वारा नेपालको व्यवसायिक क्षेत्रमा नविनता तथा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई व्यवहारिक कौशलता प्रदान गर्न सघाउने छ ।
कुशम जस्तो गरिमामय संस्थासंगको साझेदारीबाट नेपालका विभिन्न क्षेत्रहरुको संगठनात्मक उत्कृष्टता तथा दिगो विकासको लागि प्रभावकारी सेवाहरु प्रदान गर्न सहकार्य गर्ने प्रमुख कार्यकारी अधिकृत स्तुति रेग्मीले बताए ।