बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने – Nepal Press

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छ्न् । साझेदार दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सत्ता छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका हुन् ।

सत्तारुढ दलको नेताहरुसँग आज भएको छलफल पश्चात मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने फाइनल भएको हो । सोमबार बिहान मुख्यमन्त्री जम्कट्टेलले साझेदर दल एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका संसदीय दलको नेतहरुसँग छलफल गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर