तथ्यपूर्ण बोल्न सामाजिक विकासमन्त्री मोक्तानको सुझाव – Nepal Press

तथ्यपूर्ण बोल्न सामाजिक विकासमन्त्री मोक्तानको सुझाव

हेटौंडा । बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बालबालिकाका सवाल, बाल श्रम तथा बाल मैत्रीका विषयमा अध्ययन गरेर तथ्यपूर्ण बोल्न सुझाव दिएकी छन् ।

बाल कल्याण समाज मकवानपुरले प्रकाशन गरेको बाल अधिकारको संरक्षण तथा सम्वरद्धन श्रोत सामाग्रीको सङ्गालोको विमोचन कार्यक्रमका क्रममा पुस्तकबारे बोल्दै मन्त्री मोक्तानले बालबालिकाको विषयमा बोल्दा र लेख्दा अध्ययन गरेर तथ्यमा आधारित हुँदै बोल्नुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव खुबिराम अधिकारिले बालबालिकाका सवालमा काम गर्नेहरुका लागि अत्यावश्यक पुस्तक पुस्तक तयार भएको र अब सबै स्थानिय तहसम्म उपलब्ध गराउनु पर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा मन्त्री मोक्तान, मन्त्रालयका सचिव बद्रीनाथ गैरे तथा बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले संयुक्तरुपमा विमोचन गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *