प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको भेट, भुटानी प्रधानमन्त्री तोग्बेले दिए बधाई
काठमाडौं । सोमबार सपथग्रहण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदूतले भेट गरेका छन् ।
राजदूत चन सोङले शिष्टाचार भेट गरेको सार्वजनिक गरेका हुन् । उनले सामाजिक सन्जाल एक्समा आफूले प्रधानमन्त्री भेटेर बधाई दिएको उल्लेख गर्दै दुई देशको समयबाट प्रमाणिक व्यवहारिक काम द्रूत बढाउने छलफल भएको राजदूत सोङले उल्लेख गरेका छन् ।
Honored to pay a courtesy call on Rt. Hon. Prime Minister Mr. KP Sharma Oli, and warm congratulations. We agreed to speed up pragmatic cooperations to further enhance time tested friendship between 🇨🇳🇳🇵.
— Ambassador Chen Song (@PRCAmbNepal) July 15, 2024
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भुटानी प्रधानमन्त्रीले बधाई दिएका छन् । भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेले ओलीलाई सामाजिक सन्जाल एक्सबाट बधाई दिएका हुन् । उनले बधाई सन्देशमा दुई देशको सम्बन्ध प्रगाढ बनाउने कुरा गरेका छन् ।
Heartiest congratulations to the new Prime Minister @kpsharmaoli of Nepal. Looking forward to strengthening relations between our two countries. @PM_nepal_
— Tshering Tobgay (@tsheringtobgay) July 15, 2024