गण्डकीका कांग्रेस सांसदको निष्कर्ष- मन्त्री बनाउँदा पार्टीले उपेक्षा गर्‍यो – Nepal Press

गण्डकीका कांग्रेस सांसदको निष्कर्ष- मन्त्री बनाउँदा पार्टीले उपेक्षा गर्‍यो

काठमाडौं । गण्डकी प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसदहरू भेला भएर समसामयिक राजनीतिक परिवेश, पार्टी राजनीति र गण्डकीको विकास र समृद्धिबारे विमर्श गरेका छन् ।

राजधानीमा भेलिएका उनीहरूले कोशीमा सबै पार्टी एकतावद्ध भएको, अहिले मन्त्रीहरूको उपस्थितिले सुदूरपश्चिम अखण्ड नै रहेको देखिएपनि मन्त्री बनाउँदा गण्डकीलाई उपेक्षा गरेको निष्कर्ष निकालेका छन् । सुरूमा जीवन परियारलाई सरकारमा समेट्ने चर्चा चलेकोमा उनलाई पठाइएन ।

गण्डकीबाट प्रतिनिधिसभामा धनराज गुरुङ, जीवन परियार, राजेन्द्र बजगाईँ, राजु थापा, योगेश गौचन, टेकबहादुर गुरुङ मनाङ, शंकर भण्डारी, खमवीर गुर्जुवा छन् ।

पार्टीमा गुट उपगुट झाँगिदै गएको, गण्डकी प्रदेश सरकार कांग्रेसकै नेतृत्वमा भएपनि संघीय सांसदसँग मुख्यमन्त्रीले कुनै समन्वय नगरेको पनि बैठकमा कुरा उठेको छ । पार्टी नेता-कार्यकर्ता बीच एकता नभएको प्रदेश, राष्ट्रिय राजनीतिमा प्रभाव जमाउने व्यक्तित्व नभएकाजस्ता कारण आफूहरूलाई निषेध सुरू गरेको पनि उनीहरूको ठहर छ । गण्डकी पार्टीको एकता, समन्वय र सद्भाव उठाउने कोसिस नगरेकैले संगठन खस्किएको उनीहरूको जिकिर छ ।

प्रदेशमा राष्ट्रिय राजनीतिको एउटा पंक्ति भएपनि राष्ट्रपतिको रूपमा अवतरित गरिएपछि गतिविधि सशक्त अघि बढाउन नसकिएको पनि छलफल भएको छ ।

‘तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, गोपालमान श्रेष्ठ तथा गोविन्दराज जोशीहरूको रिटार्यमेन्टको परिस्थितिमा केन्द्रीय उपसभापति धनराज गुरुङ सहमहामन्त्री जीवन परियार जो जनजाति र दलित वर्गकै हिसाबले पनि अत्यन्त लाभदायक हुनुपर्ने निचोड निकाल्दै वैचारिक ढंगले केन्द्रीय पार्टीलाई टेवा र सचेत गराइएको छ’, एक सांसदले भने ।

उनले थपे, ‘नेकपा एमालेसँगको गठबन्धनमा ढुक्क हुन नहुने तथा भारत र चीनसँगको हाम्रो सम्बन्धबारे चर्चा भयो । गण्डकीको जनताको जीवनस्तर उकास्ने विषय पनि उठेको छ ।’

संवैधानिक परिषद् र संवैधानिक निकायका नियुक्तिमा कांग्रेस नेतृत्वले बनाएको सोचबारे पनि छलफल गरिएको छ ।

गोरखाको स्थानीय निर्वाचनको बेला टिकटको द्वन्द्व र अन्य केही घटनाले आन्तरिक मित्रतामा क्षति पुगेको महसुस गरेको ती सांसदले सुनाए ।

बैठकमा वर्तमान मुख्यमन्त्रीबाट भिन्न विचार समूहबाट माग गरिएका योजनापत्र च्यातिएको र आफ्नै गुटलाई मात्र प्राथमिकतामा पार्ने कार्य गरेकोबारे टिप्पणी भएको छ । पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपालीको समन्वयलाई भने चित्तबुज्दो मानिएको छ ।

कालीगण्डकी करिडोरलगायतका कुरामा पनि चासो राखिएको छ ।

गण्डकीमा १२ ठाउँमा टिकट पाएकोमा १० ठाउँ जितेको तर तनहुँ उपनिर्वाचन गुमाउनु गठबन्धनको परिणाम भएको उनीहरूको निचोड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर