एम्बाप्पे औपचारिक रुपमा रियल म्याड्रिडसँग आवद्ध
हेटौंडा । फ्रान्सका कप्तान तथा स्टार खेलाडी किलीयन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन् । गत महिनानै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले आज औपचारिक सम्झौता गरेको हो ।
एम्बाप्पेलाई रियल म्याड्रिडले स्टेडियममा आफ्नो फ्यानहरुको माझ प्रस्तुत गरेको छ । उनी आजै मेडिकल पास समेत भएका थिए ।
म्याड्रिडले उनलाई १५० मिलियन साइनिङ अमाउन्ट दिएको अन्तर्राष्ट्रिय खेल मिडियाको दाबी छ । फ्री ट्रास्परमा एम्बाप्पेलाई भित्राएपनि क्लबले साइनिङ अमाउन्ट दिएको बताइएको छ ।
रियल म्याड्रिडले उनलाई वार्षिक १५ मिलियन युरो दिने बताइएको छ । यो उनलाई पिएसजिले दिएको रकम भन्दा बार्षिक १० मिलियनले कम हो । एम्बाप्पेले रियल म्याड्रिडमा उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन् ।
२५ वर्षिय स्ट्राइकर एम्बाप्पेले रियललाई आफ्नो सपनाको क्लब भन्ने गरेका थिए । २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोनमा पिएसजी पुगेका एम्बाप्पे २०१८ देखि पिएसजीको नियमित खेलाडी थिए । अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् । उनी फ्रान्सले विश्वकप जित्दा टिमको महत्वपूर्ण हिस्सा थिए ।