प्रि ओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से
नेपाल प्रेस
२०८१ साउन २ गते ११:०३
काठमाडौं । प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ अंकले बढेको छ ।
लगातार बढिरहेको नेप्से बुधवार बजार कारोबार खुल्नुअघिको प्रि ओपन सेसनमा १३.०८ अंकले बढेर २३२३.६७ बिन्दुमा अडिएको हो ।
प्रि अेपन सेसनमा २७ हजार ७६ कित्ता सेयर खरिदबिक्री हुँदा ७३ लाख ५९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
अघिल्लो दिन मङ्गलवार मात्रै नेप्से परिसूचक २६ महिनायताकै उच्च बिन्दुमा पुगेको थियो ।
शेयर बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक २० अंकले बढेर २३३० बिन्दुमाथि पुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर