कांग्रेस एमाले गठबन्धनमा पूर्वभारतीय राजदूत रेको टिप्पणी- भारतमा बिजेपी र कांग्रेस मिलेजस्तै हो – Nepal Press

कांग्रेस एमाले गठबन्धनमा पूर्वभारतीय राजदूत रेको टिप्पणी- भारतमा बिजेपी र कांग्रेस मिलेजस्तै हो

काठमाडौं । नाकाबन्दीताकाका नेपालका लागि भारतीय राजदूत रन्जित रेले नेपालमा कांग्रेस र एमाले सरकार बन्नु भनेको भारतमा बिजेपी र कांग्रेस मिल्नु जस्तै भएको बताएका छन् ।

दुई वर्षमा तीन सरकार बनेको भन्दै रेले २०७२ को संविधानले दिने भएको राजनीतिक स्थायित्व अहिले पनि नआएको बताए ।

कांग्रेस र एमाले जस्ता दुई ठूला दलहरू नमिल्दा ३२ सिटको दल माओवादीका अध्यक्ष प्रचण्डले पटक-पटक गठबन्धन फेरेको रेले लेखेका छन् ।

भारतीय अखबार इकोनोमिक टाइम्समा आलेख लेख्दै रेले यस्तो बताएका हुन् । लेखमा उनले नेपालमा केपी शर्मा ओली सबैभन्दा शक्तिशाली नेताको रूपमा आएको बताएका छन् ।

देउवा सबैभन्दा ठूलो दलको नेता पनि विभाजित भएको भन्दै रेले कांग्रेसमा युवाहरूले अवसर नपाएमा त्यो मत रास्वपामा जाने बताएका छन् । रेले चीनसँगको बिआरआईमा कांग्रेस र माओवादी सरकार हुँदा ऋण भन्दा अनुदानमा दिनेमा जोड दिएको भन्दै ओलीले के गर्छन् हेर्न बाँकी भएको बताएका छन् ।

भारतले नेपालमा जलविद्युत तथा कनेक्टिभिटीमा जोड दिनुपर्ने उनले बताएका छन् । नेपालमा अमेरिका र चीनको प्रतिस्पर्धामा नेपाल सरकारले के गर्छ भन्नेमा पनि भारतले ध्यानपूर्वक हेर्नुपर्ने रेले लेखेका छन् ।

नयाँ सरकारको प्राथमिकता आर्थिक विकास भएको भन्दै रेले भारतमा नेपालका धेरै कामदार भएकोले त्यसमा भारतको पनि साथ हुनुपर्ने लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर