गत वर्ष अख्तियारबाट ८१ स्थानीय तहका ४३४ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा (सूचीसहित) – Nepal Press

गत वर्ष अख्तियारबाट ८१ स्थानीय तहका ४३४ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा (सूचीसहित)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०/०८१ मा ८१ वटा स्थानीय तहका ४३४ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको छ ।

आर्थिक वर्ष सकिए लगत्तै स्थानीय तह विरुद्ध चलेका मुद्दाको एकीकृत विवरण आयोगले मङ्गलवार सार्वजनिक गरेको हो ।

जसको पहिलो नम्बरमा २०८० साउन ७ मा ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित १० जना देखि लिएर अन्तिम तथा ८१ औँ नम्बरमा हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत सहित ९ जना विरुद्ध मुद्दा चलाएको छ ।

जसमध्ये सबैभन्दा बढी सिरहाको नवराजपुर गाउँपालिका अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत सहित १४ जना विरुद्ध मुद्दा चलेको छ ।

दोस्रोमा रोल्पाको गंगादेवी गाउँपालिकाका उपाध्यक्ष रिता घर्ती र प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादव सहित १३ जना र सुर्खेतको भेरी गंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल सहित १३ जना विरुद्ध नै मुद्दा चलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर