पन्जाबी घरको छतका रोचक कलाः कतै हवाइजहाज त कसै ह्विस्की – Nepal Press

पन्जाबी घरको छतका रोचक कलाः कतै हवाइजहाज त कसै ह्विस्की

काठमाडौँ । बलिउडमा एक वर्ष अगाडी चलेको चर्चित चलचित्र डंकीमा पन्जाबको दृष्य देखाइन्छ । पन्जाबबाट चोर बाटो हुँदै दुःख पाएर बेलायत पुगेर पनि दुःख पाएकाहरुको कथा हो उक्त फिल्म ।

फिल्ममा पन्जाबका घरहरुका घतहरुमा हवाइजहाज देखाइएको छ । हवाइजहाजको सपना जोडेर त्यस्तो देखाइएको रिलको कथा पन्जाबमा रियलमा पनि भएको पाइएको छ ।

हालै अमेरिकी च्यानल सीएनएनले यसको समाचार प्रकाशन गरेको छ । समाचारमा पन्जाबका घरहरुमा भएका हवाइजहाज, सैन्य टेङ्क, ह्विस्की, मारुती सुजुकी जस्ता विभिन्न खालका डिजाइन गरिएको छ ।

भारतीय फोटोग्राफर राजेश भोराले खिचेका तस्बिरहरु सीएनएनले प्रकाशन गर्दै यस्ता खालका छत बन्नुको रोचक कथा सुनाएको छ । बोराले सन् २०१४ देखि सन् २०१९ सम्म छ पटक पन्जाब पुगेर यस्ता तस्बिर कैद गरेका छन् ।

कथा के रहेछ भने पन्जाबमा सन १९७० को दशकमा घरको छतमा बनाइने पानी टेङ्कीका विभिन्न चाहेका डिजाइन सुरु गरिएछ । त्यो समयमा बेलायत, अमेरिका, क्यानडा आदि देशमा पुगेका पन्जाबका आप्रवासी कामदारहरुले फर्केर आफ्नो काम अनुसारको चित्र बनाउन थालेछन् । सबैभन्दा धेरै हवाइजहाजका चित्र बनाउन थालेछन् ।

पछि यो चलन विकास भएर जो जुन पेशाबाट सफल भएको छ त्यहि पेशाको सिम्बोल आउने खालका चित्रहरुलाई पानी टेङ्कीमा डिजाइन सुरु भएछ । सीएनएनले यो चलनलाई नजिकबाट हेरिरहेका फोटोग्राफर राजेश बोरालाई तपाइँ भए के को चित्र बनाउनु हुन्थ्यो भनेर सोध्यो । जवाफमा बोराले भने, ‘ यो पक्कै पनि क्यामेराको हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *