नेप्सेमा निरन्तर उछाल, करिब २७ महिनापछि २४ सयको विन्दु पार
काठमाडौं । आज कारोबार खुलेको २६ मिनेटमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले २४ सयको विन्दु छोएको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार ११ बजेर २६ मिनेटमा नेप्सेले यो विन्दु भेटेको हो । यो परिसूचक करिब २७ महिनापछिको हो ।
यसअघि २०७९ वैशाख ११ गते नेप्से परिसूचक २४०० को विन्दुमाथि पुगेको थियो । यस दिन परिसूचक २४२०.९१ विन्दुमा अडिएको थियो ।
सेयर कारोबार खुलेको २६ मिनेटमा ७५ लाख कित्ता सेयरको खरिदबिक्री हुदाँ ३ अर्ब बढीको कारोबार भएको थियो ।
साताको पहिलो दिनमै ५२.९७ अंकले बढेको बजारमा सढे सात अर्बको कारोबार भएको थियो । त्यस्तै साताको दोस्रो दिन १७ अंकले करेक्सन भएको बजारमा ६ महिनायताकै बढी कारोबार भएको थियो ।
मंगलबार बजारमा ७० अंकले वृद्धि देखिएको थियो । भने, बुधबार ५४.०४ अंकले बढ्दा १२ अर्ब बढीको करोबार भएको थियो ।
कांग्रेस-एमाले गठबन्धनको सरकार र अर्थमन्त्रालयको चाबी विष्णु पौडेलको हातमा पुगेसँगै लगानीकर्तामा उत्साह थपिएको छ ।