प्रधानमन्त्री भएपछि पहिलोपटक ७ गते सांसदहरूसँग सवालजवाफ गर्दै ओली
नेपाल प्रेस
२०८१ साउन ३ गते १२:५५
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा साउन ७ गते प्रधानमन्त्री केपी ओलीसँग सांसदहरूसँग प्रश्नोउत्तर हुने भएको छ । आज सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफलमा यसबारे छलफल भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डले बताए ।
प्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोउत्तर गर्ने कार्यक्रम तय भएको छ । ओली प्रधानमन्त्री भएपछि पहिलो पटक सांसदसँग प्रश्नउत्तर हुन लागेको हो । प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तको प्रावधान राखिएको छ ।
आजको बेठकमा प्रतिनिधिसभाको हरेक १५ दिनको कार्यतालिका बनाउने विषयमा पनि छलफल भएको पाण्डेले बताए ।
प्रतिक्रिया