विदेशी मुद्रा सञ्चिति राम्रो छ, नेपालबाट विदेशमा लगानी खोलौँ : वाग्ले (भिडिओ) – Nepal Press

विदेशी मुद्रा सञ्चिति राम्रो छ, नेपालबाट विदेशमा लगानी खोलौँ : वाग्ले (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘नीति मन्थन’ मौद्रिक नीतिबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै डा.स्वर्णिम वाग्ले अहिले नेपालमा विदेशी मुद्रा १५ अर्ब डलर थुप्रिएको बताएका छन् ।

उनले भने, ‘हाम्रो विदेशी मुन्द्राले १५ महिनाको आयात धन्न सक्ने भइसको छ । यसलाई कसरी परिचालन गर्ने भन्ने हो । राष्ट्र बैंकमा यती धेरै विदेशी मुन्द्रा जम्मा भएको पहिलो पटक हो । रेमिट्यान्सले गर्दा नै विदेशी मुन्द्रा वृद्धि भएको हो । नेपालबाट विदेशमा लगानी गर्न नपाउने व्यवस्था छ । ६० वर्ष अघि नेपालमा विदेशी मुन्द्रा सञ्चितिमा समस्या हुने भएकाले नेपालबाट विदेशमा लगानी गर्न बन्द गरेको थियो । अब त्यसलाई पनि कडा नियम बनाएर विदेशमा लगानी गर्न दिनुपर्छ । हिमालयन जाभाले विदेशमा किन लगानी गर्न नपाउने ? विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको छ । नेपालबाट लगानी भएको पैसा नेपाल नै फर्किने वातावरण बनाउनु पर्छ ।’

मौद्रिक नीतिले अब कसरी अगाडी बढ्ने भन्ने महत्त्वपूर्ण काम गर्न सक्ने समय आएको वाग्लेले बताए ।

नीति मन्थनमा अनिल केशरी शाह सहकर्ता रहेका छन् । प्यानलमा नरबहादुर थापा, भुवन दाहाल र वर्षा श्रेष्ठ रहेका थिए ।

थापाले मौद्रिक नीति राष्ट्रको ऐन अनुसार आउने बताए । मौद्रिक नीतिले मूल्य स्थिरता, विदेशी मुन्द्राको स्थिरता र वित्तीय क्षेत्रको स्थायीत्वको लागि आवश्कता रहेको बताए । उच्च आर्थिक वृद्धि र दिगो विकासको लागि नै मौद्रिक नीति आउने गरेको हो ।

मौद्रिक नीतिका आयामहरू मुद्रा प्रदाय, तरलता व्यवस्थापन, ब्याजदर व्यवस्थापन गर्ने काम गर्छ । कर्जाको व्यवस्थापनमा पनि नीतिले महत्वपूर्ण भूमिका खेल्छ । मौद्रिक नीतिको नागरिकसँग प्रत्यक्ष सम्बन्धित हुँदैन । बजेटले नगरिकलाई प्रत्यक्ष प्रभाव पर्ने थापाले बताए ।

वर्षा श्रेष्ठले निजी क्षेत्रले मौद्रिक नीति सहज र सरल चाहने बताइन् । उनले भनिन्- ‘व्यवसायीले ब्याजदर कतिसम्म पुग्छ भन्ने चासो हुन्छ । सबै प्रकारका व्यवसायीले सहज तरिकाले लोन लिन सकियोस् भन्ने सोचेका हुन्छन् ।’

राष्ट्र बैंकले सजिलोसँग पैसा दियोस् र बैंकले केही सहज गरिदियोस् भनेर बसेको हुने उनले बताइन् ।

भुवन दाहालले आर्थिक वृद्धिदर ६ प्रतिशत भन्ने तर ३ प्रतिशतभन्दा पनि कम हुने गरेको बताए । अहिले बैंकहरुले परिचानल गरेको पैसा हाम्रो जीडीपीभन्दा पनि कम रहेको छ ।

हाम्रो जीडीपीको आकार नै सानो छ यसलाई नै वृद्धि गर्नुपर्ने छ । लगानीको वातावरण सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नु पर्ने अवस्था रहेको छ ।

राष्ट्र बैंकले बजेटलाई सहयोग गर्ने मौद्रिक नीति ल्याउने गरेको छ । त्यो गर्न पनि गर्नु पर्छ । विदेशी लगानीलाई मौद्रिक नीतिले आकर्षण गर्न सक्ने दाहालले बताए । देशमा लगानी वृद्धि गर्न सुशासन आवश्यक रहेको समेत उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर