रमेश बडालले सम्हाले महान्यायाधिवक्ताको जिम्मेवारी (भिडिओ)
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदभार सम्हालेका छन् ।
बिहीबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथपछि महान्यायाधिवक्ताको कार्यालय पुगेर बडालले जिम्मेवारी सम्हालेका हुन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई शपथ गराएका थिए । पदभार ग्रहण गर्दै बडालले संविधानले निर्धारण गरेको दायरा अनुरुप आफूले काम गर्ने बताए ।
सरकारलाई उचित सल्लाह दिदै सरकारविरुद्ध परेका मुद्दाहरुको प्रतिरक्षा गर्ने कामलाई आफूले प्रभावकारीरूपमा अघि बढाउने उनले बताए । कुनै पनि घटनाबाट प्रभावित भएका व्यक्तिहरुलाई न्याय दिने कामलाइ उचित ढंगले अघि बढाउने पनि बडालले प्रतिवद्धता जनाए ।
वरिष्ठ अधिवक्ता बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।