प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकारमा रिमाल र आर्थिकमा खतिवडा नियुक्त
नेपाल प्रेस
२०८१ साउन ३ गते १९:१०
काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।
खतिवडा पूर्व गभर्नर हुँदै अर्थमन्त्री बनिसकेका छन् भने रिमाल यसअघि पनि ओलीको राजनीतिक सल्लाहकारका रुपमा रहेका थिए ।
प्रतिक्रिया