मधेशमा कांग्रेसका चार मन्त्री नियुक्त, पार्टी कार्यालयमा खुशियाली – Nepal Press

मधेशमा कांग्रेसका चार मन्त्री नियुक्त, पार्टी कार्यालयमा खुशियाली

जनकपुरधाम । मधेश प्रदेशमा अर्थसहित चार मन्त्रालय लिएर नेपाली कांग्रेस सरकारमा सहभागी भएपछि नेता कार्यकर्ता खुशियाली मनाइरहेका छन् ।

जनकपुरधामस्थित कांग्रेसका प्रदेश पार्टी कार्यालयमा नेता कार्यकर्ताहरु खुशी मनाएका हुन् । कांग्रेसका सांसद सुनिल कुमार यादव अर्थमन्त्री नियुक्त भएका छन् ।

यादव रौतहट क्षेत्र नम्वर ३(२)बाट निर्वाचित सांसद हुन् । मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ मन्त्रालय दिन नचाहेपछि कांग्रेस सरकार नै खसाउने चेतावनी दिएको थियो ।

प्रदेशमा सहमती नजुट्दा केन्द्रमै नेताहरुले अर्थ कांग्रेसलाई दिने निर्णय गरेको बुझिएको छ । कांग्रेसले अर्थ मन्त्रालय पाउनुलाई ठूलो जितको रुपमा लिएको छ ।

कांग्रेस सांसद जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव उर्जा, सिचाई तथा खानेपानी मन्त्री र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन् ।

पार्टीका प्रदेश अध्यक्ष तथा संसदीय दलका नेता कृष्ण प्रसाद यादव नवनियुक्त मन्त्रीहरुलाई खादा र अविर लगाएर बधाई दिएका छन् । अहिले नवनियुक्त मन्त्रीहरु दलबलसहित पार्टी कार्यालयबाट शपथग्रहणका लागि मधेश भवन पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर