हार्दिक पाण्ड्याले गरे पत्नीसँग डिभोर्स, छोरालाई मिलेर हुर्काउने
काठमाडौं । भारतीय क्रिकेटर हार्दिक पाण्ड्याले श्रीमतीसँग डिभोर्स गरेका छन् । उनले सामाजिक सञ्जालबाट आफूहरू अलग भएको पुष्टि गरेका हुन् ।
केही समयदेखि हार्दिक र उनकी पत्नी नतासा स्टान्कोभिक बीच डिभोर्सको हल्ला चलेको थियो । तर, दुवैले यस विषयमा मुख खोलेका थिएनन् । आज एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आफूहरू दुवैको हितका खातिर अलग भएको बताएका छन् ।
‘हामी दुवैले सम्बन्ध जोगाउन निकै कोसिस गर्यौं तर, सकेनौंं विज्ञप्तिमा भनिएको छ, अन्तत: अलग हुनु नै दुवैको हितमा छ भन्ने निर्णयमा पुगेका छौं’, उनीहरूले भनेका छन् ।
हार्दिक र नतासाको बिहे ४ वर्षअघि भएको थियो । उनीहरूको तीन वर्षका एक छोरा अगस्त्य छन् । छोरालाई दुवै मिलेर हुर्काउने उनीहरूको बताएका छन् ।