सर्वेक्षणले देखायो नेपालमा २ प्रतिशत किशोर-किशोरीले १५ वर्ष नपुगी राख्छन् यौनसम्पर्क – Nepal Press

सर्वेक्षणले देखायो नेपालमा २ प्रतिशत किशोर-किशोरीले १५ वर्ष नपुगी राख्छन् यौनसम्पर्क

काठमाडौं । नेपालका १५ वर्ष उमेर नपुगेका किशोर-किशोरीहरूको यौन सम्पर्क हुने तथ्याङ्क सार्वजनिक भएको छ ।

अमेरिकी सरकारको सहयोगमा स्वास्थ्य मन्त्रालयले सन २०२२ मा गरेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले यस्तो देखाएको हो ।

सर्वेक्षण अनुसार १५ वर्ष भन्दा अगाडि समान २ प्रतिशत किशोर तथा किशोरीहरूको यौन सम्पर्क हुने देखिइएको छ ।

यस्तै १५ वर्ष नपुगी विवाह पनि हुने गरेको देखिएको छ । तथ्याङ्क अनुसार १ प्रतिशत किशोर तथा ३ प्रतिशत किशोरीहरूको विवाह १५ वर्ष उमेर नपुग्दै हुने देखिएको छ ।

यस्तै १५ देखि १९ वर्षको उमेरका किशोरीहरूको गर्भावस्थाको तथ्याङ्क पनि सार्वजनिक भएको छ ।

तथ्याङ्क अनुसार १४ प्रतिशत किशोरीहरूको गर्भावस्था भएको देखिएको छ भने १० प्रतिशतले बच्चा जन्माएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर