विद्युत बक्यौता विवादबारे प्रधानमन्त्रीले छलफल गर्दै, कुलमान र उद्योगीलाई डाके – Nepal Press

विद्युत बक्यौता विवादबारे प्रधानमन्त्रीले छलफल गर्दै, कुलमान र उद्योगीलाई डाके

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता विवाद समाधानका लागि छलफल गर्ने भएका छन् । आज दिउँसो साढे ३ बजे ऊर्जामन्त्री दीपक खड्का, नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीलाई बालुवाटारमा छलफलका लागि बोलाएका छन् ।

ऊर्जामन्त्री दीपक खड्काले प्रधानमन्त्रीले साढे ३ बजे छलफलका लागि बोलाएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘प्रधानमन्त्रीले साढे ३ बजे उद्योगको विद्युत बक्यौताको विषयमा छलफल गर्न बोलाउनुभएको छ । त्यो छलफलमा उद्योगी व्यवसायी, कुलमान पनि सहभागी हुने छन् । प्रधानमन्त्री नै उद्योगको विद्युत बक्यौताको समस्या समाधान गर्न लाग्नु भएको छ । त्यसका लागि नै आज छलफल हुन लागेको हो ।’

नेपाल विद्युत् प्राधिकरणले केही समयअघि ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काट्न सुरु गरेको थियो । यसअघि जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन प्राधिकरण काटेको थियो ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले बताएको छ । त्यसको जरिवानासहित करिब साढे ८ अर्ब हुन आउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर