विदेश जान बारकोडमार्फत् नाकाबाटै हेर्न मिल्ने पीसीआर रिपोर्ट मात्रै मान्य
काठमाडौं । सरकारले अब विदेश जानेहरुका लागि सरकारी प्रयोगशाला तथा तोकिएको अस्पतालको रिपोर्टलाई मान्यता दिने भएको छ ।
विदेश जानेहरुले नक्कली पीसीआर रिपोर्ट देखाउन थालेपछि स्वास्थ्य तथा जनसंख्याले विदेश जानेहरुलाई नयाँ मापदण्ड बनाएको हो ।
पीसीआर परीक्षण गर्न सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालका आधारमा ए वर्गका प्रयोगशालाहरुबाट मात्र परीक्षण हुने मन्त्रालयले जनाएकाे छ ।
सम्बन्धित प्रयोगशालाबाट प्राप्त रिपोर्टहरु सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आई एम यू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्रै मान्य हुने व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।