न्यूरोडको विवादपछि बालेनका स्वकीय सचिवले भने- सरकार असफल भयो, राजीनामा गर्नुपर्छ (भिडिओ) – Nepal Press

न्यूरोडको विवादपछि बालेनका स्वकीय सचिवले भने- सरकार असफल भयो, राजीनामा गर्नुपर्छ (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साहले नवगठित केपी ओली नेतृत्वको सरकार असफल बनिसकेको टिप्पणी गरेका छन् । आज न्यूरोडमा नगरप्रहरी र स्थानीयबीच टकराव पश्चात उनले पत्रकारहरुसँग कुरा गर्दै सरकारले राजीनामा गर्नुपर्ने बताए ।

साहले न्यूरोडमा विवाद गर्नेहरू स्थानीय नभएर पार्टीका मानिसहरू भएको आरोप लगाए ।

‘यो विवाद हो जस्तो लाग्दैन, पार्टीका मान्छेहरू परिचालित भएका छन्, उनीहरुको निजी एजेन्डा हो जस्तो लाग्छ,’ उनले भने ।

आजको घटनालाई दुईतिहाइ सरकारको हैसियत टेस्ट गर्ने रूपमा पनि आफूहरूले हेरेको साहले बताए । अदालतले दिएको आदेश कार्यान्वयन गर्ने सवालमा प्रहरीले शान्ति सुरक्षा मिलाउनुपर्ने उनको तर्क छ ।

‘महानगर प्रहरी त स्थानीयसँग वार्ता गर्ने वा भिड्ने होइन । गृह प्रशासनबाट हुनुपर्ने आवश्यक समन्वयका लागि पत्राचार गर्दा पनि हाम्रो हातमा केही पनि छैन भनेर जिम्मेवार निकायका पदाधिकारीले भन्नुले राज्यसंयन्त्रलाई निकम्मा बनाएर राखिएको छ । यो सरकार ‘फेलर’ को स्थितिमा जाँदैछ । नबन्दै फेलरको स्थितिमा गयो । यसले राजीनामा गर्नुपर्छ ।’

उनले अदालतको आदेश नमान्नेहरुलाई रोक्ने कि महानगरलाई रोक्ने भन्ने प्रश्नको जवाफ प्रधानमन्त्री र गृहमन्त्रीले दिनुपर्ने बताए । नगरप्रहरी नै असुरक्षित बनेको भन्दै उनले कुनै पनि निकायलाई आफ्नो काम गर्न सक्ने वातावरण बनाउन नसक्ने सरकारले राजीनामा गर्न सुझाव दिए ।


प्रतिक्रिया

8 thoughts on “न्यूरोडको विवादपछि बालेनका स्वकीय सचिवले भने- सरकार असफल भयो, राजीनामा गर्नुपर्छ (भिडिओ)

  1. दिल्लीका दलालहरूलाई दिल्लीले ओलि विरूद्व लगाएको छ । छानबिन गरौं बालेन नै उतैबाट परिचालित भेटिन सक्छन ।

      1. साथि! ओलीलाई भगवान मानेर सार्थकता देखाउनु पर्दैन। एक पटक चुचे नक्सा बनाउदैमा भुमि हाम्रो भन्न पाइएको छैन। किनकी दिल्ली बाट ओलि नियण्त्रित नभई सुखै पाएन । अबको ओली त्याे ओली हैन। याे त भ्रष्टाचारी ओली हाे।
        तर न्युराेडका ब्यपारिहरुलाइ चाहिँ कुकुरलाई घिउ नपचेको नै हाे।
        जे सुकै भन टपर चुइयाँ वुद्धि जीवि हरु। आफ्नै घर भत्अँकाएर आगान पुर्ने नेपाली वुद्धि जीविहरु!

  2. आफुले काम गर्न नजान्ने अनि दोष अरु लाई कति दिन दिनु हुन्छ। हामी जनताले पनि हेर्दै छौं। हजुर हरु पनि बाबुराम भट्टराई ले सिकाएका कुरामा हुनुहुन्छ। धेरै विकास गरे जस्तो लाग्छ हजुरलाई। अरुलाई गाली होइन, मिलायर हिड्ने कोसिस गर्नुहोस।

  3. जनताकाे बिराेध हाेईन पार्टीकाे हाे।।।

  4. सर्वसाधारण जनता त मिलेकैछन् तर केही गुण्डाहरुले यो नौटंकी गर्दैछन्।

  5. सडक भनेको अन्तत: पैदलयात्रीको हो नत्र किन ट्राफिक नियम बनेकाछन्। ती नियमहरुपनि मूलत: पैदलयात्रुहरुकै शुरक्षालाई ध्यानमा राखेर बनाइएका हुन्। कुलिनहरुका चिल्ला गाडी हुइँकाउने सोख पूर्ण गर्नखोज्दा भुइँमान्छेको अधिकारको घाँटी निमोठ्नु कुन सिद्धान्तमा लेखिएको छ ? नयाँसडक जस्तो ब्यस्त बजारमा कुलिनहरुका गाडी प्रतिबन्धित नगरेसम्म त्यहाँ न्याय हुँदै हुँदैन। चेतनाभया !

  6. बालेन साह गजडी उनका स्वकीय परिचालित हुन माथिको भाषा पढ्दा नाच्न नजान्ने आगन टेडो भने झै अरूलाई दोष थुपार्ने प्रबृत्ति काठमाडौं महानगर का पदाधिकारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर