नाउपामा फेरि फेरिए दलका नेता, एक साता पनि टिकेन अघिल्लो निर्णय – Nepal Press

नाउपामा फेरि फेरिए दलका नेता, एक साता पनि टिकेन अघिल्लो निर्णय

कैलाली। नागरिक उन्मुक्ति पार्टी नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता फेरि फेरिएका छन्।

असार २९ गते घनश्याम चौधरीलाई हटाउँदै खुसीराम चौधरीलाई दलको नेता चयन गरिएको थियो । तर उक्त निर्णयको एक साता नबित्दै पुन: बहुमतले घनश्याम चौधारीलाई दलको नेता चयन गरिएको छ ।

साउन २ गतेको बैठकले घनश्याम चौधरीलाई दलको नेता, लक्ष्मण किशोर चौधरीलाई प्रमुख सचेतक र इन्दिरा गिरीलाई सचेतक चयन गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिममा नाउपा सात सांसद् छन्। घनश्याम चौधरीलाई दलको नेता बनाउने निर्णयमा घनश्याम चौधरी,लक्ष्मण किशोर चौधरीलाई रामेश्वर चौधरी र इन्दिरा गिरीले हस्ताक्षर गरेका छन्।

कैलाश चौधरी, खुसीराम चौधरी र टीका थापाले उक्त निर्णयमा हस्ताक्षर गरेका छैन।

असार २९ गते लक्ष्मण किशोर चौधरीले हस्ताक्षर गरेर खुसीराम चौधारीलाई दलको नेता बनाएका थिए भने लक्ष्मण किशोरले नै साउन २ गते घनश्याम चौधरीले दलको नेता बनाउने निर्णयमा पनि हस्ताक्षर गरेका छन्।

अन्य तीन/तीन जना अघिल्लो पटक बनाउने र नबाउनेमा विभाजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर