विश्वमै सबैभन्दा बढी क्लबहरु स्थापना गर्न सफल लायन्स डिष्ट्रिक ‘जे’ की गभर्नर थापा सम्मानित – Nepal Press

विश्वमै सबैभन्दा बढी क्लबहरु स्थापना गर्न सफल लायन्स डिष्ट्रिक ‘जे’ की गभर्नर थापा सम्मानित

काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रियले लायन्स डिष्ट्रिक ‘जे’ की गभर्नर मिलन थापालाई सम्मान गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रियले तोकेको समय सीमा भित्रमा विश्वमै सबैभन्दा धेरै १७ वटाभन्दा बढी क्लबहरु १८ दिनमा नै स्थापना (चार्टर्ड) गर्न सफल डिष्ट्रिक ३२५ ‘जे’ नेपालकी गभर्नर थापालाई सम्मान गरिएको हो ।

लायन्स अन्तर्राष्ट्रियले तोकेको जुलाई १८ भित्र विश्वमै सबै बढी १७ क्लब स्थापना गर्न सफल भएकी थापालाई लायन्स अन्तर्राष्ट्रिका अध्यक्ष फोब्रिसियो वलिभेराले एक कार्यक्रमकाबीच ‘हाईएस्ट क्लब चार्टर अवार्ड’ बाट सम्मान गरेका हुन् ।

लायन्स अन्तराष्ट्रियको मिसन टास्क अन्तर्गत तोकिएको समय सीमाभित्र चार्टर भएका क्लब संख्याका आधारमा विश्वभरीमै सबैभन्दा धेरै क्लब चार्टर गर्न सफल गभर्नर थापा भएको डिस्ट्रीक्ट जका मार्केटिङ्ग चिफ शोभाकान्त बस्यालले जानकारी दिए ।

कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष फेब्रीसियो ओलिभेरा, उनको प्रथम लेडी अमार्लेस ओलिभेरा पुर्ब अन्तर्राष्ट्रिय डाइरेक्टर सन्जय खेतान, बर्तमान अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, नेपालका सम्पूर्ण गभर्नरहरु लगायत नेपालका पहिलो लियो प्रेसिडेन्ट, ब्यवसायी तथा सांसद बिनोद चौधरीको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर