खेलकुद अन्तर्राष्ट्रियस्तरमा पहिचानको उत्तम माध्यम हो : राष्ट्रपति पौडेल – Nepal Press

खेलकुद अन्तर्राष्ट्रियस्तरमा पहिचानको उत्तम माध्यम हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन उपयुक्त माध्यम रहेको बताएका छन् ।

फ्रान्सको पेरिस शहरमा हुने ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाई कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त धारणा राखेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा उनले उँचो मनोबल लिएर ओलम्पिकमा जान आग्रह गर्दै विश्वमाझ नेपालको नाम राख्ने अवसरको रूपमा खेलाडीले प्रतिष्पर्धा गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडलले दृढ संकल्प र अठोटका नेपाली खेलाडीले प्रतिष्पर्धा गर्नेमा आफू आशावादी रहेको बताए । सो अवसरमा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकका लागि नेपाली टोलीका सेभ दी मिसन समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङलाई झण्डा हस्तान्तरण गर्दै बिदाई गरे ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल र नेपालीको शीर उँचो राख्ने उद्देश्यसहित नेपाली टोलीको भावनाअनुरूप खेल्न शुभकामना दिए । देशमा राखेको रेकर्डसमेत ध्यानमा राखेर खेल्ने विश्वास व्यक्त गरे ।

आगामी जुलाई २२ देखि अगस्ट ११ सम्म पेरिस शहरमा ओलम्पिक हुँदैछ । सोही ओलम्पिकमा नेपालको तर्पmबाट ६ खेलका सात खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर