गोरखा मिडिया नेटवर्कमा साढे ५ करोड ट्रान्सफर गरेको तथ्य फेला, कसको नाममा कति ? (भिडिओ)
काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समितिले प्रदेश र स्थानीय तहका नियामक निकायसँग छलफल गरेको छ ।
शुक्रबार बसेको बैठकमा समितिले विभिन्न प्रदेश र स्थानीय तहका सहकारीका नियामक निकायका पदाधिकारीसँग छलफल गरेको छ । छलफलमा बागमती प्रदेशका सहकारी विभाग रजिष्ट्रार राजेन्द्रप्रसाद पोखरेल र कानून अधिकृत मनोजकुमार गुप्ता, वीरगञ्ज महानगरपालिकाबाट सत्यराज घिमिरे र सुनिल कर्ण, लुम्बिनी प्रदेशबाट दर्ता अधिकृत भिमराज पोखरेल, पोखरा महानगरपालिकाबाट दीपक आचार्य र रजिष्ट्रार अनिल कार्की तथा काठमाडौं महानगरपालिकाबाट विभागिय प्रमुख बलराम त्रिपाठी र विज्ञ टीका कार्कीको उपस्थिति रहेको सभापति सूर्य थापाले जानकारी दिए ।
छलफल सूर्यदर्शन, सानो पाइला, सुप्रिम, इमेज, साहारा, समानतालगायतका सहकारी संस्थामा केन्द्रित थियो । सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले स्थानीय तह र प्रदेशस्तरमा सहकारी संस्थाहरूको अवस्था कस्तो छ भन्ने विषयमा छलफल भएको बताए ।
बैठकमा सूर्यदर्शन सहकारीका सम्बन्धमा पोखरा महानगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदन साथै सुप्रिम सहकारीको बारेमा पनि जानकारी लिइएको थियो ।
सभापति थापाले भने, ‘काठमाडौं महानगरपालिकाले ४० वटा सहकारी संस्थाको अनुगमन गरी तयार पारेको प्रतिवेदन र देखा परेको प्रवृत्तिको बारेमा हामीले छलफल गर्यौं । सुप्रिम सहकारीको बारेमा प्रदेश रजिष्ट्रारको कार्यालयले तथ्य विश्लेषण गरेको रहेछ त्यहाँको । त्यस बारेमा पनि छलफल भयो ।’
हालसम्म गोरखा मिडिया नेटवर्कमा गएको रकम एउटा ४ करोड ८८ लाख हजार २ सय ७१ रूपैयाँ ७६ पैसा र २० लाख र ५० लाखमध्ये गोरखा मिडियामा सीधै २० लाख र जीबी ग्रुप अफ कम्पनीमा ५० लाख गएको थापाले बताए ।
सबैगरी करिब साढे ५ करोड रूपैयाँ सूर्यदर्शन सहकारीबाट गएको थापाले जानकारी गराए । जीबी राई, भूपेन्द्र राई, थानेश्वर बुढा, शिवबहादुर गुरुङ, कुमार रम्तेलको नाममा र उनीहरूको मार्फत हेमन्त अधिकारी र स्वर्णलक्ष्मी सहकारीको नाममा गएको बताए ।
एउटा सहकारीको चेक अर्को सहकारीको नाममा ट्रान्सफर भएको पनि उदाहरण रहेको थापाले सुनाए । थापाका अनुसार कुन चेक नम्बरबाट कुन मितिमा कसरी सहकारीको रकम पुगेको छ भन्ने पनि तथ्य प्राप्त भएको छ ।
काँग्रेस एमालेले खरबौैं खाएका छन् कुरा छैन दलालहरू ।
त्यै भएर रविहरुले पनि खान पाउनु पर्छ भन्या हाे ?
रबि ले खान पाउनु पर्छ भन्ने होइन तर रबि को नाममा झुट आरोप लगायेर सत्ता परिबर्तन गर्न सफल भये पनि सत्य बदल्न मुस्किल पर्ला मित्र। यदि रबि ले गगन ले भने जस्तै आफै माग फाराम भरेर पैसा लगेको भये आजसम्म कति सुचना चुही सक्थे। अहिले त अझ समिती मा सत्ता पक्ष्य को बहुमत छ।गर झोले हो कति सक्छौ।आफ्ना लाई नजोगाउ।
रवि सरले खाएको प्रमाण देउ न कालो काङ्ग्रेसको झोलेहरु!
what about other sahakari
रबि लामिछाने को नाम मा कति रहेछ त?? खुबै रैला गरिराथे त सहकारी ठग भन्दै
रवि सर न अरुको पैसा खानुपर्ने सोचको , न त्यस्तो अवस्थाको!
कालो काङ्ग्रेस र भ्रष्ट पुराना पार्टीहरु डराएर झुठो आरोप लगाको हुन!🙏
रवि महा फटाहा हो यिनि पद पैसा र स्त्री मोहका लतमा हिडने ब्यक्ति हुन कसैले कुनै भरोसा नगरौ ।
रविले खाएकाे भ कार्बाहि गर नत्र बेकारकाे अाराेप मात्र नलगाउ