शानदार ब्याटिङ गरेकी सम्झनाले भनिन्- देशलाई गर्व हुने अवसर दिएकोमा खुसी छु – Nepal Press

शानदार ब्याटिङ गरेकी सम्झनाले भनिन्- देशलाई गर्व हुने अवसर दिएकोमा खुसी छु

काठमाडौं। एसीसी वुमन्स एसिया कपमा ऐतिहासिक जित दिलाउन निर्णायक भूमिका खेलेकी सम्झना खड्काले देशलाई गर्व हुने अवसर दिएकोमा खुसी व्यक्त गरेकी छिन्।

श्रीलंकामा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दा ओपनर सम्झनाले अविजित ७२ रन जोडिन्। नेपालले एक सय १६ रनको लक्ष्य पुरा गरेको हो।

जितपछि उनले भनिन्, ‘देशलाई गर्व हुने अवसर दिन सकेकोमा खुसी छु। सबैलाई धन्यवाद दिन चाहन्छु’, उनले भनिन्। नेपाली टोलीकी कप्तान इन्दु बर्माले सम्झनालाई सफलताका लागि धन्यवाद दिइन्।

‘कोच र क्याप्टेन मिलेर हामीलाई उनलाई ओपनिङमा पठाउने निर्णय गरेका थियौँ। उनले ओपनिङ ब्याटिङ राम्रो गर्न सक्छिन् भन्ने हाम्रो विश्वास थियो’, खेलपछि इन्दुले भनिन्। एसीसी वुमन्स एसिया कपमा नेपालले यसअघि ८ खेल खेले पनि जित हात पार्न सकेको थिएन।

सम्झनाले गत एसीसी वुमन्स प्रिमियर कपको विजेता यूएईविरुद्ध ४५ बलमा ११ चौका प्रहार गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर