कोशीमा एमाले-कांग्रेसको सरकार कहिले ? मुख्यमन्त्री भन्छन्- कांग्रेसको जवाफ आउँछ जहिले (भिडिओ)
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रको समीकरणअनुसार नै प्रदेशमा सरकार बन्ने बताएका छन् ।
शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्की केन्द्रको समीकरणभन्दा फरक रहने सोच नभएको भन्दै त्यहीअनुसार सरकार बन्ने बताए ।
सरकार पुनर्गठनका लागि कांग्रेससँग छलफल भइरहेको भन्दै ठोस जवाफ आइनसकेको कार्कीले सुनाए ।
उनले भने, ‘कांग्रेसको जवाफ पर्खिरहेका छौं । मुख्यमन्त्री कार्कीले माओवादीलाई पनि प्रदेशमा समीकरण परिवर्तन गर्ने तयारीका विषयमा जानकारी गराइसकिएको छ ।’
प्रदेशमा मन्त्रालयको भागबन्डाको विषयमा केन्द्रको निर्देशन आवश्यक नभएको उनले बताए ।