पोखराको हर्पन खोला र गुदे तालमा डुबेर एकै दिनमा ३ जनाको मृत्यु
पोखरा । पोखरा महानगरपालिका रहेका हर्पन खोला र गुदेतालमा डुबेर एकै दिनमा ३ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका २३ घाँटी छिनामा रहेको हर्पन खोलामा पौडी खेल्ने क्रममा दुई जना र पोखरा–२६ मा रहेको गुदेतालमा डुबेर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
शुक्रबार दिउँसो हर्पन खोलामा डुबेर १८ वर्षीय प्रकृत बुद्धचार्य र १८ वर्षकै स्वयं ताम्राकारको मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । ६ जना पौडी खेल्न गएको र ४ जना सकुशल रहेको शर्माको भनाइ छ ।
शुक्रबार दिउँसो नै गुदेतालमा डुबेर लमजुङ घर भइ पोखरा बस्ने ६ वर्षी सचिन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । बुवासँग माछा मारेर हेर्न गएको बेला अचानक तालमा खसेर मृत्यु भएको डिएसपी शर्माले जानकारी दिए ।