न्युरोडमा बालेनको पुत्ला जलाइयो, टेन्ट लगाएर बसे स्थानीयबासी (तस्बिरहरु)
नेपाल प्रेस
२०८१ साउन ४ गते २१:५२
काठमाडौं । न्यूरोडका स्थानीयबासीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको पुत्ला दहन गरेका छन् । महानगरले फुटपाथ विस्तारको कामलाई अघि बढाएपछि स्थानीयबासी विरोधमा उत्रिँदै मेयर बालनेकाे पुत्ला जलाएका हुन् ।
उच्च अदालतले महानगरको पक्षमा फैसला गरेपछि महानगरले डोजरसहित फुटपाथ विस्तारमा फर्केको थियो । त्यसको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । साथै उनीहरुले सडकमै टेन्ट लगाएर बसेका छन् । शुक्रबार बेलुका टेन्ट लगाएर स्थानीय सडकमै बसेका हुन् ।
तस्बिरहरु
प्रतिक्रिया
One thought on “न्युरोडमा बालेनको पुत्ला जलाइयो, टेन्ट लगाएर बसे स्थानीयबासी (तस्बिरहरु)”
Leave a Reply
सम्बन्धित खवर
YEMALE jooleharu ko junda …keko janta ho ra