ढिस्कोले पुरिएर मुस्ताङमा दुई मजदुरको मृत्यु – Nepal Press

ढिस्कोले पुरिएर मुस्ताङमा दुई मजदुरको मृत्यु

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बामा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ । ढुम्बाको कुछपतेरङ्गा गुुम्बाको नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गडवा गाउँपालिका–१ का २३ वर्षीय रवि दर्लामी मगरको मृत्यु भएको हो । नेपाल प्रहरी, स्थानीयवासीलगायतको सहयोगमा मजदुको शव माटोबाट बाहिर निकालिएको हो । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *