प्रचण्डकै चकचकले नयाँ सरकार बन्याे, एमालेसँग मिल्नुकाे औचित्य कांग्रेसले पुष्टि गर्नुपर्छ : गगन थापा (भिडिओ) – Nepal Press

प्रचण्डकै चकचकले नयाँ सरकार बन्याे, एमालेसँग मिल्नुकाे औचित्य कांग्रेसले पुष्टि गर्नुपर्छ : गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग मिल्नुको औचित्य कांग्रेसले पुष्टि गर्न सक्नुपर्ने बताएका छन्।

४२ औं विपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमालेसँगको गरेको सहकार्यको औचित्य कामबाट पुष्टि गर्नुपर्ने बताए।

उनले भने, ‘म सबैलाई सधैंभरी झुक्याउन सक्छु भन्ने भ्रम प्रचण्डले नपालेको भए अहिलेको यो सरकार बन्दैनथ्यो। उहाँको चकचककै कारणले यो परिस्थिती निर्माण भएको हो। त्यसैले एमालेसँग साझेदारीको परिस्थिती निर्माण भयो।’

उनले भोलि प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिनुअघि भएको भनिएको सात बुँदे सहमति पढेर सुनाउनुपर्ने बताए।

उनले भने, ‘हामीले पढेकै आधारमा पार्टीभित्र निर्णय गरेका हौं। तर, त्यसको मर्यादा राखेर प्रधानमन्त्रीले भोलि सदनमा पढेर सुनाउनुहुन्छ भन्ने विश्वास छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर