एमालेसँगको सहमति कार्यान्वयन हुने आशंका गर्दै गगनले खुलाए सात बुँदे सहमति (भिडिओ) – Nepal Press

एमालेसँगको सहमति कार्यान्वयन हुने आशंका गर्दै गगनले खुलाए सात बुँदे सहमति (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग भएको सात बुँदे सहमतिबारे खुलासा गरेका छन्।

४२ औं विपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुले सहमति पढेरै पार्टीबाट निर्णय गरेको बताउँदै भोलि प्रधानमन्त्री ओलीले पनि सदनमा पढेर सुनाउनुपर्ने बताए।

उनले भ्रष्टाचारको मुद्दामा पनि कांग्रेस र एमाले भएको भन्दैमा छुट दिन नहुने बताए।संविधान संशोधनको विषयलाई लिएर गलत भाष्य चित्रण गर्न खोजिएको बताए।

उनले अहिलको क्याबिनेट समावेशी नभएको भन्दै सदनमा महिला ३३ प्रतिशत भनेर तोकेजसरी तोक्नुपर्ने बताए।

उनले प्रतिनिधिसभा २७५ सांसद नचाहिँने भन्दै प्रदेशमा ५ जना मन्त्री राखे प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीमा जानुपर्ने बताए। अहिले सरकारले सुशासन स्थापना गरेर जनताको आक्रोशलाई कम भएपछि आवश्यक ठाउँमा संविधान पुनरावलोकन गर्न माओवादीसँग संवाद गर्नुपर्ने उनको भनाइ छ।

उनको भनाइ जस्ताको तस्तै:

सहमतिको एउटा बुँदामा हामीले स्थिरता दिन्छौं भनेका छौं। नेपालमा सरकारहरु धेरै बदलिए, सरकार बदलिएकै कारणले गर्दा दुई पार्टी मिलेपछि ०८४ सालसम्म हामी तलमाथि गर्दैनौं भनेका छौं। एउटा चरणमा एमालेको अध्यक्षको नेतृत्वको सरकार रहन्छ त्यसपछि कांग्रेस सभापतिको नेतृत्वमा सरकार रहन्छ। मनमा सबैको आशंका छ, यहाँ भाषणा एउटा कुरा भनेपनि बाहिर निस्केपछि भोलि भनेको बेलामा छोड्छ त ठ्याक्कै हुन्छ त भन्ने सबैको मनमा छ।

सदनमा ताली ठोक्नेको मनमा पनि त्यही छ। किनकी एकले अर्कालाई यतिपटक ढाटिसकेको छ। उसले उसलाई छक्याएको छ, अहिले हस्ताक्षर गर्नेहरुको पनि सदनमा बसेर हेर्दा ढाटेको १५/१६ पटक पुग्ने रहेछ। त्यहाँ कसले कसलाई ढाटेको भनेरै झुक्किने रहेछ। यो स्थितीमा हामी मिलेको छौं। यो तहको अविश्वास छ, हस्ताक्षर गर्नेदेखि निर्णय गर्नेसम्ममा अविश्वास छ। त्यसैले अहिले एमालेसँग भएको लिखित समझदारी हाम्रो कारणले कहिँ पनि तलमाथि हुँदैन।

दुई वर्ष ओली नेतृत्वको सरकार चलाउने भनिएको छ, हाम्रो चकचकले कहिँ तलमाथि हुँदैन। यो कुरा हामीले प्रमाणित गर्दै आइरहेका छौं। अस्ति संसदमा प्रचण्डजीले बोल्दा पनि हामीतिर अलि बढी माया प्रेम देखाउनुभएको छ। त्यसो चलिरहन्छ। दुई महिनाअघि चाहिँ सबैभन्दा खराब कांग्रेस केही महिनापछि त्यही रोष्ट्रममा पार्टी कांग्रेस ठिक भन्नुभयो। त्यसैले कांग्रेस आफ्नो सहमतिबाट तलमाथि गर्दैनौं। एमालेप्रति पनि त्यही अपेक्षा गछौं। त्यो भएन भने अन्तिम भनेपनि हुन्छ।


प्रतिक्रिया

One thought on “एमालेसँगको सहमति कार्यान्वयन हुने आशंका गर्दै गगनले खुलाए सात बुँदे सहमति (भिडिओ)

  1. पार्टीको महामन्त्री आफै भएर, आफै सिफारिस गर्नुहुन्न, अनि ठुलको पार्टी पनि आफै हुनु भएकोले, यस्तो लज्जासपद सवाल उठानु ? सबैलाई लाटो बनाउन खोज्नु भएको हो ? माननीयज्यू ? महामन्त्री हजुर आफै भएकोले तपाईले समावेशीको नाम पठाउन कस्ले रोक्यो ? तपाईको पार्टीलाई कस्ले रोक्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर