नाइजेरियाले व्युँतायो झण्डै आधा शताब्दी पुरानो राष्ट्रिय गीत
काठमाडौं । नाइजेरियाले झण्डै आधा शताब्दी पुरानो राष्ट्रिय गीतलाई व्युँताएको छ । सन् १९७८ मा बन्द गरिएको राष्ट्रिय गीतलाई बदलेर नयाँ गीत बनाइएको हो ।
रुसी विश्व च्यानल आरटीका अनुसार राष्ट्रिय एकताको सन्देश दिन यस्तो परिवर्तन गरिएको हो । गत मे २९ बाट नयाँ कानून प्रमाणीकरण गरेर नाइजेरियाका राष्ट्रपति बोला तिनुबोले पुरानो राष्ट्रिय गीत व्युँताएको बीबीसीले उल्लेख गरेको छ ।
सन् १९५९ मा लिलियान जिन विलियम्सले लेखेको गीतलाई फेरि व्युँताइएको हो । उक्त गीत सन् १९६० देखि १९७८ सम्म प्रचलनमा थियो । अहिले फेरि यही गीत प्रचलनमा ल्याइएको छ । यसको कतिपयले विरोध गरेका छन् । प्रदर्शनहरु भएका छन्, तर सरकार टसमस नभएर पुरानै गीतलाई मान्यता दिन लागेको छ ।
असुरक्षा, विदेशी मुद्रा सञ्चितीदेखि मूल्यवृद्धि जस्ता समस्याहरुले घेरिएको नाइजेरियामा अरु मुख्य समस्या छोडेर सरकार गीतमा लागेको भन्दै आलोचना गरिएको छ । सन् १९६० अक्टोबर १ मा बेलायतबाट नाइजेरिया स्वतन्त्र भएको थियो । त्यसबेलाको समयमा यो गीत प्रचलनमा ल्याइएको थियो । यसले नाइजेरियाको विविधता र एकता झल्काउने बताइएको छ ।
पूर्वओपनिवेशिक देशका अनुहारले लेखेको गीत भनेर यो गीत सन् १९७८ मा हटाइएको थियो, तर अहिले फेरि त्यही व्युँताइएको छ ।