बंगलादेशबाट एक हजार हाराहारी भारतीय विद्यार्थीको उद्धार
काठमाडौँ । बंगलादेशमा जारी विद्यार्थी आन्दोलनबाट प्रभावित भएका झण्डै एक हजार भारतीय विद्यार्थीहरुको उद्धार गरिएको छ ।
भारतीय विदेश मन्त्रालयले केहि घण्टा अगाडी सार्वजनिक गरेको आँकडा अनुसार उद्धार हुनेहरुमा ७७८ विद्यार्थीहरु स्थलमार्गबाट तथा २०० विद्यार्थीहरु हवाईमार्गबाट भारत फर्किएका छन् ।
यस्तै बंगलादेशस्थित भारतीय कूटनीतिक नियोगले ४००० विद्यर्थीहरुसँग निरन्तर सम्पर्कमा भएको बताइएको छ । गत जेठबाट सुरु भएको कोटा विरोधी आन्दोलनले बंगलादेशका सबै शैक्षिक संस्थाहरु बन्द छन् ।
हालसम्म कम्तिमा १५० विद्यार्थीहरुको मृत्यु भइसकेको छ भने गत हप्ताबाट इन्छरनेट सेवा बन्द भएको छ । आइतबार १० बजो बिहान सम्म सैन्य कफ्र्यू जारी गरिएको छ ।