राजदूतहरूको सक्रियताबारे रवीन्द्र मिश्र- हाम्रा नेताहरू कमसल हुँदैमा तपाईंहरूले कूटनीतिक आचरण मिच्न मिल्दैन
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालमा कार्यरत विदेशी राजदूतहरुलाई खुलापत्र लेखेका छन् । आफ्नो सामाजिक सञ्जालमा पत्र लेख्दै मिश्रले नेपालमा आएका राजदूतहरुलाई कूटनीतिक आचरण पूरा गर्न आग्रह गरेका छन् ।
उनले नेपाली नेताहरु कमसल हुँदैमा नेपालमा आएर राजदूतहरुले कूटनीतिक आचरण मिच्न नहुने बताएका छन् ।
उनले लेखेका छन्, ‘निराशाजनक कुरा यो छ कि तपाईंहरुमध्ये धेरैले नवनियुक्त मन्त्रीहरुलाई सीधै भेटेर बधाई दिनुहुन्छ । यसको कुनै जरुरत छैन । यस्तो कुरा तपाईंहरुको देशमा हुँदैन ।’
नेपालका राजदूतहरुले मन्त्रीहरुसँगको सीधा सम्बन्ध भएकोमा गर्व गर्नुमा कुनै तुक नभएको भन्दै नेता मिश्रले यसो हुनुमा नेपाली नेताहरुकै दोष भए तापनि राजदूतहरुको पनि यसमा कूटनीतिक सभ्यपना नदेखिएको बताएका छन् ।
Dear Ambassadors to Nepal,
You all are aware of the fact that, apart from some exceptions, the diplomatic, professional and ethical standards of our politicians are very low.
However, just because their standards are low does not mean that you can ignore the usual diplomatic… pic.twitter.com/26GeQUruaD
— Rabindra Mishra (@RabindraMishra) July 20, 2024
याे पनि पढ्नुस् : बधाई दिने नाममा शक्ति राष्ट्रका दूतहरुको अस्वभाविक चहलपहल, परराष्ट्र मन्त्रालय ‘गयल’