रास्वपा माओवादीसहितको विपक्षी मोर्चामा नमिसिने (भिडिओ) – Nepal Press

रास्वपा माओवादीसहितको विपक्षी मोर्चामा नमिसिने (भिडिओ)

सन्तोष परियार भन्छन्- बलियो प्रतिपक्षी बन्छौं

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभ्यास गर्न खोजेको विपक्षी दलहरूको मोर्चामा आफूहरू सहभागी नहुने जनाएको छ ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले बलियो प्रतिपक्षको भूमिकामा पार्टीले निर्वाह गर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले जनाए ।

ओली कांग्रेससँग मिलेर प्रतिपक्षमा हुत्तिएपछि रास्वपा माओवादी र नेकपा एकीकृत समाजवादीसँग निरन्तर संवादमा छ । शुक्रबार पनि तीन दलबीच छलफल भएको थियो ।

त्यसबारे उनले भने, ‘यो गठबन्धन लोकतन्त्रको पक्षमा छैन । त्यसैले हामी प्रतिपक्षको जिम्मेवार भूमिका निभाउँछौं । अन्य दलहरूसँग पनि कसरी प्रतिपक्षमा रहने भन्नेबारे छलफल भएको हो । विपक्षी मोर्चा बनाउँदैनौं ।’


प्रतिक्रिया

One thought on “रास्वपा माओवादीसहितको विपक्षी मोर्चामा नमिसिने (भिडिओ)

  1. सहि निर्णय रास्वपाको। रास्वपा कसैको पिछ्लग्गु बन्ने छैन। देश र जनताको पक्षमा काम गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर