बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले लामालाई अघि सार्ने, इन्द्रको च्याप्टर क्लोज – Nepal Press

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले लामालाई अघि सार्ने, इन्द्रको च्याप्टर क्लोज

हेटौंडा । नेपाली काङ्ग्रेस संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्रीमा संसदीय दलका नेता बहादुरसिंह लामालाई प्रस्ताव गर्ने भएको छ ।

आज बसेको दलको बैठले नेता लामालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो । योसँगै मुख्यमन्त्रीमा इच्छा देखाएका इन्द्रबहादुर बानियाँको च्याप्टर क्लोज भएको छ । उनले दलको नेता बाहेकले पनि मुख्यमन्त्री बन्न पाउने व्यवस्था रहेको जिकिर गर्दै आएका थिए ।

तर, संसदीय दलको बैठकले दलको नेता लामालाई नै मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने कार्यसूची छ । उनले विश्वासको मत पाउने सम्भावना भने देखिएको छैन । ११० प्रदेशसभा सदस्य रहेको बागमतीमा कांग्रेससका ३७ र एमालेका २७ सासंद छन् । बहुमतका लागि ५६ जना चाहिन्छ ।

दुई दलले विश्वासको मतको मतदान सकिएपछि आज नै मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने तयारी गरेका छन् । जम्कट्टेलले विश्वासको मत प्राप्त नगर्ने निश्चित भएसङ्गै कांग्रेस-एमालेले नयाँ सरकारको तयारी गरिरहेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर