गृहमन्त्रीलाई रास्वपा सांसदको प्रश्न- न्यूरोडमा फुटपाथ विस्तारको काम किन रोकेको ? (भिडिओ) – Nepal Press

गृहमन्त्रीलाई रास्वपा सांसदको प्रश्न- न्यूरोडमा फुटपाथ विस्तारको काम किन रोकेको ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले अदालतको निर्णय कार्यान्वयन गराउन गृहमन्त्रीलाई कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले काठमाडौं महानगरले काम गर्न खोज्दा अवरोध भएको र गृहमन्त्रालयले अदालतको आदेश कार्यान्वयनमा सहयोग नगरेको बताए ।

गृहमन्त्री रमेश लेखकलक्षित गर्दै उनले प्रतिपक्षमा हुँदा महानगरले राम्रो काम गरिरहेको छ भन्ने अहिले सत्तामा आएपछि काम गर्न नदिने भन्दै प्रश्न पनि गरे ।

उनले भने, ‘प्रतिपक्षमा हुँदा कांग्रेसका मृदुभाषी माननीयज्यूले महानगरले गरिरहेको काम किन रोकेको ? किन बखेडा झिकेको भन्दै प्रतिपक्षमा रहेको बेला भन्नुभएको थियो । उहाँले महानगरलाई राम्रो बनाउने काम भइरहेको र नरोक्ने भन्नुभएको थियो । तर आज तिनै मृदुभाषी माननीय ज्यूले गृहमन्त्रालय सम्हाल्दै गर्दा अदालतले दिएको आदेश अनुसार काम गर्न देऊ भन्नलाई के ले रोकेको हो । अदालतको निर्णय कार्यान्वयन गर्ने जिम्मा गृहमन्त्रालयको होइन र ?’

न्युरोडमा सडकपेटी विस्तारको काममा अवरोध स्थानीय र त्यहाँबाट निर्वाचित वडाध्यक्षले अवरोध गरिरहेका छन् । यसअघि सडक विभागले पनि काम रोकेको थियो । महानगर अदालत पुगेपछि अदालतले समेत काम नरोक्न आदेश दिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर