मधेशका मुख्यमन्त्री सिंहद्वारा १० मन्त्रालयमा छड्के, ५० बढी कर्मचारी अनुपस्थित ! – Nepal Press

मधेशका मुख्यमन्त्री सिंहद्वारा १० मन्त्रालयमा छड्के, ५० बढी कर्मचारी अनुपस्थित !

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज मन्त्रालयहरूमा छड्के तथा अनुगमन गरेका छन् । उनले आज मन्त्रालयमा छड्के गर्दा धेरै कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाहेक १० मन्त्रालयमा मुख्यमन्त्री सिंहले छड्के गर्दा ५० बढी कर्मचारी अनुपस्थित रहेको पाइएको उनका सचिवालयले जनाएको छ ।

उनले छड्केको क्रममा कर्मचारीलाई समयमा कार्यालय आउन र विना कारण अनुपस्थित नहुन निर्देशन दिएका हुन् ।

कर्मचारीहरू मन्त्रालय नपुग्ने गरेको र काममा ढिलासुस्ती गरिरहेको गुनासोपछि मुख्यमन्त्री सिंहले छडेको गरेको बुझिएको छ । उनले कर्मचारीको समस्याबारे समेत जानकारी लिँदै समाधान गर्ने आश्वासन दिए ।

प्रदेशमा ढिलासुस्तीकै कारण वर्षेनी आधा बढी बजेट फ्रिज हुन्छ । त्यसैले वर्तमान सरकार कर्मचारीलाई सक्रिय पारेर समयमा विकास निर्माणको काम गर्नेगरी काम थालेको छ ।

सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ सुरु भएसँगै बजेट खर्च गर्ने अख्तियारी दिइसकेको छ । मुख्यमन्त्री सिंहले सबै मन्त्रालय, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई बोलाएर सरकारले ल्याएको बजेट रकम खर्च गर्न निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर