राजेन्द्रको प्रश्न : अन्य दल हुँदा त यस्तो छ भने कांग्रेस-एमालेले मात्रै चलाएको देश कस्तो होला ? – Nepal Press

राजेन्द्रको प्रश्न : अन्य दल हुँदा त यस्तो छ भने कांग्रेस-एमालेले मात्रै चलाएको देश कस्तो होला ?

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेस र एमालेका नेताहरुको प्रवृत्ति नै खराब भएको आरोप लगाएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले वर्षौंदेखि शासन गर्दै आएको तर पनि केही नुहुन नेताहरुको प्रवृत्ति नै खराब भएको बताए ।

यसअघि दुई तिहाइको सरकार हुँदा पनि ५ वर्ष नचलेको उदाहरण दिँदै लिङदेनले गणितले मात्रै स्थिरता नआउने बताए । त्यस्तै, कांग्रेस–एमालेले दुई दलीय व्यवस्था जसका लागि समानुपातिक निर्वाचन प्रणाली संशोधन गर्ने हल्ला रहेको भन्दै लिङदेनले साना दललाई निषेध गरेर कस्तो देश बनाउने भन्ने जिज्ञासा राखे ।

‘अहिले अन्य दल हुँदा त यस्तो छ भने कांग्रेस–एमालेले मात्रै चलाएको देश कस्तो हुन्छ होला ?’, अध्यक्ष लिङदेनले भने ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर