प्रधानमन्त्रीको जवाफ- सबैलाई खुशी पार्न सकिँदैन, संविधान आवश्यकताका आधारमा संशोधन हुन्छ (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान आवश्यकता र जनताको माग अनुसार संशोधन हुनसक्ने बताएका छन्।
विश्वासको मतमाथि छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै गतिशील विषय संशोधन गर्ने बताए।
उनले भने, ‘म सबै विचारहरूलाई सम्मान गर्छु, राम्रा सुझाव दिनेहरूको ग्रहण गर्छु। आक्रोश, उत्तेजना र गालीगलौज बिर्सिदिन्छु। त्यता गइरहनु वाञ्छनीय हुँदैन। हरेकलाई खुसी पार्न सकिँदैन। कोही उहिलेदेखि नै संविधान संशोधन गर्नुपर्छ भनेको भनैछन्। कोही सकिँदैन भन्नुहुन्छ। कुरा हुँदै जाँदा निष्कर्षमा पुगिन्छ।’
आग्रह र पूर्वाग्रहबाट बाहिर आएर सबैको सहमतिमा गरिने बताए ।
देश, जनता र अग्रगमनको लागि सहमतिको प्रयास गर्दा पनि नभए प्रक्रियाबाट भएपनि हुने उनले बताए ।