प्रधानमन्त्रीको प्रश्न- ९ वर्षदेखिकाे विद्युत् बक्यौता प्रमाणका आधारमा सल्टाउने कि उद्योग बन्द गर्ने ? (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको प्रश्न- ९ वर्षदेखिकाे विद्युत् बक्यौता प्रमाणका आधारमा सल्टाउने कि उद्योग बन्द गर्ने ? (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रङ्क लाइन र डेडिकेटेड विद्युत् महसुलको विवादमा बोल्दै प्रमाणका आधारमा सल्टाउनु पर्ने बताएका छन् । उद्योग बन्द गरेर समाधान नहुने उनले बताए ।

आइतबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले ९ वर्षदेखिको विवादलाई प्रमाणका आधारमा बसेर सल्टाउनुपर्छ कि उद्योग बन्द गराइदिने भन्ने प्रश्न राखेका हुन् ।

प्रधानमन्त्री ओलीले ट्रङ्क लाइन र डेडीकेटेड लाइन भनेको तार जोड्ने मात्रै नभएर बिजुली सप्लाई गर्ने समेत रहेको बताए ।

लामो समयदेखि विवादमा रहेको उद्यमीहरूको डेडिकेटेड लाइन र ट्रङ्क लाइन विद्युत् महसुलको विवदामा प्रधानमन्त्रीले गत साता मात्रै उद्यमी, ऊर्जा मन्त्रालयका प्रतिनिधि र नेपाल विद्युत् प्राधिकरणलाई बोलाएर छलफल गरेका थिए ।

‘माननीय ज्युहरूले बिजुलीको पैसा उठाउन दिएनेर विद्युत्को पैसा नउठाँउ भन्ने आदेश दियो । पहिला सबै कुरा सत्य बुझ्नुस् । यो विवाद आजको होइन । ९ वर्ष देखिको विद्युत्को पैसा लिनुपर्दैन भन्ने विवाद छ । आज पहिलो पटक होइन विद्युत्को लाइन काटिएको । यसभन्दा अघि पनि काटिएका छन् । विद्युत्को कुरा मिलाइए फेरी विद्युत्को लाइन दिइए । फेरी विद्युत्को लाइन काटिन्छ । फेरी मिलाइन्छ । यसरी भएन । पहिले सबै उद्योगको लाइन काटिएको होइन पहिले ६ वटा उद्योगहरूको लाइन काटेको हो । अरूको किन नकाटेको ? उद्यमीहरूले तिर्दिन भनेको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले जति प्रयोग गरेको हो त्यति तिर्छौ भनेको हो । प्रयोग कुन गरेको हो ? सरकारले त्यसको बिल दिनुपर्छ । यति प्रयोग गरेको भन्ने प्रमाण त दिनुपर्छ । तिमी धनी छौँ मलाई तिमीसंगँ यति असुल गर्न मन छ, यति मलाई चाहिन्छ भनेर हुन्छ ? ट्रङ्क लाइन र डेडीकेटेड लाइन भनेको तार जोड्ने होइन बिजुली सप्लाई गर्ने हो । बिजुली सप्लाई हुनुपर्यो त्यहाँ । सम्झौता २४ घण्टा विद्युत् सप्लाई गर्ने भनेको छ । लोडसेडिङ लगाइदिएको छ । केही घण्टा बिजुली पाएको छ । केही घण्टा पाएको छैन । विवाद छ । विवाद प्रमाणका आधारमा बसेर सल्टाउनुपर्छ कि उद्योग बन्द गराइदिने ? मैले के भनेको हुन भने, उद्योग बन्द गराएर मज्दुरहरुको मेसिन चलेन उद्योग बबार्द, बजारमा सप्लाई रोकियो यसरी सप्लाई रोकिदा हाम्रो सामान खरिद हुदैन् ।’

‘विद्युत् जुन उद्योगहरूलाई दिई रहको हो त्यो ९ वर्षदेखि पटक पटक विद्युत् काट्यो, फेरी खोल्यो, फेरी काट्यो फेरी खोल्यो । मैले प्राधिकरणका एमडीलाई बोलाएर ऊर्जा मन्त्री, ऊर्जा सचिव, मुख्य सचिव लगायत उद्योमीहरुसंग राखेर मैले छलफल गराए । उद्यमीहरूले तपाइले उपलब्ध गराएको विद्युत् हामीले उभोग गरेका छैनौं । उहाँको जवाफ छैन । यो सहमति भएको हो उहाँको जवाफ छैन । होइन मैले हिसाब पठाइसके, मैले महालेखालाई बाधेर यति आम्दानी भनेर पठाइसके, संसद्को समितिमा पठाइसके । अब त्यो कहाँ फेरबदल गर्न मिल्छ । गलत हिसाब पठाएर फेरबदल गर्न मिल्दैन भनेर अनि तिर्न नपर्ने विद्युत् महसुल असुल गर्न सकिँदैन होला’, प्रधानमन्त्री ओलीले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर