आन्ध्र महासागर पार गर्ने क्रममा बेलायती तथा क्यानेडाली जोडीको मृत्यु
नेपाल प्रेस
२०८१ साउन ६ गते २०:०२
काठमाडौं । आन्ध्र महासागर पार गर्ने क्रममा बेलायत तथा क्यानेडाली नागरिकहरुको जोडीको मृत्यु भएको छ । बीबीसीका अनुसार मृत्यु हुनेमा बेलायती महिला सारा प्याकउड र उनका क्यानेडाली श्रीमान ब्रेट क्लिबेरी रहेका छन् ।
उनीहरु पछिल्लो समयमा जुन १८ मा सार्वजनिक रुपमा देखिएका थिए । उनीहरु हराएको छ हप्तापछि उनीहरुको लाश भेटिएको हो । क्यानडाको नोभा स्कोटियामा उनीहरुलाई जुलाई १२ मा मृत भेटिएको थियो ।
२१ दिने यात्राको दौरानमा उनीहरु ३२२८ किलोमिटर पर रहेको अजुर क्षेत्रमा जाने क्रममा थिए । उनीहरुले सेलबोर्ड प्रयोग गरेर महासागर पार गर्ने कार्यक्रममा थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर