लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान – Nepal Press

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

रुपन्देही । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेश गर्न आह्वान गरेका हुन् ।

आजै दिउँसो सदनलाई सम्बोधन गरेर मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामाको पत्र बुझाएका थिए ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । नयाँ सरकार गठनका लागि एमाले–कांग्रेस गठबन्धनले दावी गर्ने सबै तयारी गरेका छन् ।

एमालेको नेतृत्वमा नयाँ सरकार बनाउने दुई दलले आइतबार संयुक्त बैठक बसेर निर्णय गरेका छन् । एमाले प्रमुख सचेतक तुलसी चौधरीले सोमबार पहिलो चरणमै दावी पेश गर्ने तयारी गरिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर