वुमन्स एसिया कप: नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य
नेपाल प्रेस
२०८१ साउन ६ गते २१:०१
काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेटमा नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ ।
श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन जोड्यो ।
नेपालका लागि कविता जोशीले सर्वाधिक रन जोडिन् । कविता ३१ रनमा अविजित रहिन् । सीता रानामगर २६, पूजा महतो २५, सम्झना खड्का ४, कविता कुवर १३, कप्तान इन्दु बर्मा ० र रुविना क्षेत्री ८ रनमा आउट भए ।
बलिङमा पाकिस्तानकि सादिया इकबालले सर्वाधिक २ विकेट लिइन् ।
प्रतिक्रिया
सम्बन्धित खवर