अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाललाई ऐतिहासिक सफलता – Nepal Press

अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाललाई ऐतिहासिक सफलता

काठमाडौं । नेपाललाई ६५ औं अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा ऐतिहासिक सफलता मिलेको छ । बेलायतको बाथमा आयोजित ओलम्पियाडमा नेपालका कृतेश ढकाल र श्रेयस शर्मा बास्तोलाले एक–एक वटा अनरेबल मेन्सन (एचएम) हासिल गरेका छन् ।

१०८ देशका ६०९ जना विद्यार्थी सम्मिलित उक्त प्रतिस्पर्धामा उनीहरुलाई उक्त सफलता मिलेको टीम लिडर एवम् नेपाल गणित संघका महासचिव छवि ढुंगानाले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा नेपालबाट ढकाल र बास्तोलासहित ६ जनाले सहभागिता थियो । अन्य सहभागीहरुमा सौगात ढकाल, राहुल भुजेल, द्रोण चौधरी र सम्पन्न भण्डारी रहेका थिए ।

उनीहरुलाई नेपालमा ३ हजारभन्दा बढी विद्यार्थीहमा प्रतियोगिता गराएर छानिएको ढुंगानाले बताए । प्रतिस्पर्धाका लागि टीमका डेपुटी लिडर नारायण पौडेल, प्रशिक्षक प्रजित अधिकारी र टिम संयोजक तथा संस्थाका उपाध्यक्ष हरि प्रपन्न कँडेल पनि बेलायत पुगेका थिए ।

संसारकै ठूलो प्रतियोगिताको रुपमा रहेको ओलम्पियाड जुलाई ११ देखि २२ जुलाईसम्म हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *