सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या – Nepal Press

सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या

जनकपुरधाम । सर्लाहीमा धारिलो हतियार प्रयोग गरी गएराति पूर्वभूमिव्यवस्था राज्मन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित आफ्नै निवासमा पूर्वराज्यमन्त्री अन्दाजी ७५ वर्षीय रायको हत्या भएको हो ।

अज्ञात समूहले टाउकोको बायाँ साइटमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘यादवको हत्या भएको बेला घरमा एक कामदार मात्र थिए । हामीले राति १ बजे जानकारी पायौँ । अहिले उनको शव मलंगवा अस्पताल लगेका छौँ । थप अनुसन्धान भइरहेको छ ।’

मलंगवा नगरपालिकामा समेत घर भएका पूर्वराज्यमन्त्री रायको चन्द्रनगरमा करिब सयौँ बिघा खेत रहेको छ । सोही खेत रोपाइँ गर्न आएका उनको हत्या गरिएको स्थानीय बताउँछन् । यादव पञ्चायत काल र बहुदलीय व्यवस्थामा पटक पटक सांसदमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *